Logo

अर्थ

घट्यो एनएमबी बैंकको नाफा, प्रतिसेयर आम्दानी १९.९५ रुपैयाँ



काठमाडौं । एनएमबी बैंकको खुद नाफा २० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४८ करोड रुपैयाँ छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी १९.९५ रुपैयाँ छ । पहिले यस्तो आम्दानी २४.९५ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ १७८.६४ रुपैयाँ छ । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा पहिले ३.६३ प्रतिशत रहेकोमा अहिले ४.५८ प्रतिशत छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ (प्रतिसेयर ८.०९ रुपैयाँ) छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ११:४३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।