काठमाडौं । एनएमबी बैंकको खुद नाफा २० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४८ करोड रुपैयाँ छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी १९.९५ रुपैयाँ छ । पहिले यस्तो आम्दानी २४.९५ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ १७८.६४ रुपैयाँ छ । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा पहिले ३.६३ प्रतिशत रहेकोमा अहिले ४.५८ प्रतिशत छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ (प्रतिसेयर ८.०९ रुपैयाँ) छ ।




















प्रतिक्रिया