काठमाडौं । तीन महिनामा विकास बैंकहरुले साढे ७८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवको पहिलो त्रैमासमा राष्ट्रिय स्तरको विकास बैंकले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रूपैयाँ खुद नाफा कमाएका थिए । चालु आवको पहिलो त्रैमासमा भने नाफा ७८ करोड ३४ लाख ५४ हजार रूपैयाँमा सीमित भएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४५.२० प्रतिशत कमी हो ।
समिक्षा अवधिमा तीन वटा बैंकहरुको नाफामा गिरावट आएको छ भने बाँकी सबैको बढेको देखिन्छ ।
पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक छ । बैंकको नाफा ११ प्रतिशत वृद्धि भई २५ करोड ५ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने बैंकले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रो धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । तीन महिनामा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको तुलनामा भने २०.२४ प्रतिशत कमी हो । गत आवको सो अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
तेस्रो स्थानमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तरयो नाफा गत आवको तुलनामा १५.१७ प्रतिशत कमी हो । गत आवको पहिलो त्रैमासमा शाइनले २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कामना सेवा विकास बैंकले भने १२.९२ प्रतिशत नाफा बढाएको छ । तीन महिनामा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १७ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.४८ प्रतिशत वृद्धि भई ८ करोड ८२ लाख ११ हजार रुपैयाँ कायम भएको छ । महालक्ष्मी विकास बैंकले पनि नाफा ३.४२ प्रतिशत बढाएर ९ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ ।
तर, लुम्बिनी विकास बैंकमा ३ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा देखिएको छ । गत आवको पहिलो त्रैमासमा बैंकले २० करोड १९ लाख बढी नाफा कमाएको थियो ।




















प्रतिक्रिया