काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूका लागि १५.७८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको आधारमा १८ करोड ६८ लाख ६४ हजार १४७.२३ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।




















प्रतिक्रिया