नेपालमा एउटा उखान प्रख्यात छ चोरको खुट्टा काट भन्नासाथ आफैं तान्छ वा अर्को पनि छ कागले आफ्नो नाम आफैं काड्छ । ठ्याक्कै यी दुईवटा उखानहरुको झल्को दिने गरी बैंकमा काण्ड मच्चिएको छ अनि खुट्टा तान्ने र आफ्नो परिचय दिने काम भएको छ ।
मेगा बैंक नेपालको बदमासीका श्रृङ्खलाहरु एकपछि अर्को गर्दै बाहिरिन थालेपछि बैंकमा रुवाबासी सुरु भएको छ । बैंकले समाजमा सन्देश प्रवाह गरेको ढाँचामा बैंकले मास्क बाँडौं तर बैंकिङ डिटेल्स नबाँडौं भन्ने सन्देश लेखेर सामाजिक सञ्जाल मार्फत प्रचार गर्न थालेपछि त्यस बैंकमा रुवाबासी सुरु भएको थाहा भएको हो ।
बैंकले यस्तो सन्देश प्रवाह गरेर नागरिकहरुलाई उल्लु बनाउँन खोजेको सहजै अनुमान लगाउँन सकिन्छ । किनभने हरेक क्षेत्र र निकायको बारेमा जानकारी लिन चाहेमा जोसुकैले पनि आफूले जानकारी लिन पाउँने स्वतन्त्रता नेपालको कानूनले नै दिएको छ ।
नेपालको संबिधानले सुरक्षित गरेको नागरीक स्वतन्त्रताको खिलापमा बैंकले सन्देश दिएको छ । आफ्नो बैंकका अवैधानिक र जनताको रकम असुरक्षाको काण्ड मच्चाएको बैंकले आफ्नो हर्कत लुकाउँन अहिलेको महामारीको सहानुभूति मार्फत गलत सन्देश प्रवाह गर्न खोजेको छ ।
मेगा बैंकले एकपछि अर्को गर्दै मच्चाएका काण्डहरुको बारेमा अनलाइनपानाले समाचार लेख्न सुरु गरेको थियो । बैंकले भूमाफिया र बिचौलियाहरुसँग मिलेर व्यक्तिको घर सम्पत्तिहरु हडपेर करोडपतिलाई रोडमा ल्याउँनेसम्मको हर्कतका घटनाहरु बाहिरिएपछि यस काण्डको भित्री पाटो खोज्दै अनलाइनपानाले समाचार लेख्न सुरु गरेको हो ।
अनलाइनपाना मार्फत यस्तो समाचार बाहिरिन थालेपछि बैंकले सार्वजनिक गरेको त्यो सन्देश बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली लगायत बैंकका मथिल्लो तहका व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
बैंकले हतारमा अत्तालिएर बैंकको डिटेल्स नबाँडौं भन्दै सन्देश प्रवाह गरेपछि सर्वसाधारणहरु समेत अचम्ममा परेका छन् ।
प्रतिक्रिया