काठमाडौं । मेलम्चीको पानी आजदेखि फेरि राजधानीमा पठाउन सुरु गरिएको छ। आन्दोलनरत स्थानीयवासीसँग सहमति भएपछि मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा आएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको उपस्थितिमा हिजो (मंगलबार) काठमाडौँमा भएको छलफलपछि सहमति भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको उक्त बैठकमा मन्त्रालयका सचिवहरू, खानेपानी मन्त्रालयका प्रतिनिधि, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरू सहभागी थिए।
छलफलपछि पीडित स्थानीय र सरकारी पक्षबीच लिखित समझदारीपत्रमा हस्ताक्षर गर्दै विवाद समाधान गरिएको थियो। सहमति अनुसार स्थानीयले आफ्नो माग क्रमशः सम्बोधन हुने आश्वासन पाएपछि आन्दोलन फिर्ता लिएका छन्।
सहमति पश्चात् आजदेखि मेलम्चीको पानी वितरण पुनः सुरु भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।




















प्रतिक्रिया