Logo

प्रमुख समाचार

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा, काे कहाँ सरूवा भए ?



सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ।
गृह मन्त्रालयले बुधवार राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणी, सहसचिव र उपसचिवस्तरका ५८ कर्मचारीहरूको सरुवा गरेको हो। जसमा ६ जना प्रमुख जिल्ला अधिकारी पनि छन् ।
सरूवा हुनेमा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे छन् । उनी दैलखबाट सरुवा भएर गुल्मीको प्रजिअ भएका छन्।
उता रोल्पाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई पाँचथरको प्रजिअ बनाइएको छ । गुल्मीका प्रजिअ आनन्दा सारू दैलेख पुगेका छन् ।

त्यस्तै जुम्लाका प्रजिअ खिमबहादुर रायमाझीलाई गृहमन्त्रालयमा ल्याइएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा गरिएको छ।

[pdf-embedder url=”https://www.onlinepana.com/wp-content/uploads/2025/11/joint-secratary-and-under-sectretary-transfer.pdf”]

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १९:४८   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।