काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न लगाएका छन्। सचिव रामेश्वर दंगालले उनलाई चिह्न लगाइदिएका हुन्।
अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी २६ कात्तिक राति १२ बजेबाट अवकाशमा गएपछि कार्कीले नेपाल प्रहरीको नेतृत्व सम्हालेका हुन्।
कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो।
कार्कीले यसअघि उपत्यका प्रहरी कार्यालयको कमाण्ड, मानव स्रोत साधन विभागको प्रमुख, र लुम्बिनी प्रदेशको प्रहरी कमाण्डसमेत सम्हालेका थिए।




















प्रतिक्रिया