Logo

प्रमुख समाचार

आगामी निर्वाचनमा २ लाख ८१ हजार १२९ नयाँ मतदाता थपिए



 

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि २ लाख ८१ हजार १२९ नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगको कार्यालयले दिएका जानकारी अनुसार आज मात्रै १२ हजार ६०१ पुरुष र ११ हजार ९ महिला गरी २३ हजार ६१४ नयाँ मतदाता थपिएका छन् ।

यसैबिच आयोगले मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै  नामावली संकलनका लागि पाँच दिन थप गरेको छ ।

यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार २२:२१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।