Logo

प्रमुख समाचार

एनपीएलमा सुरक्षा चुस्त बनाउन गृहमन्त्री अर्यालले दिए निर्देशन



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे जानकारी लिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग आइतबार एनपीएलको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले जानकारी लिएका हुन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार, बैठकमा अर्यालले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए ।

“पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएकोले यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरुरी भएकाले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देश गर्दछु,” मन्त्री अर्यालले बैठकमा भने ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार २२:०८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।