पोखरा । गण्डकी प्रदेश सरकार मातहतका कार्यालयबाट एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा भएको छ ।
अधिकांश कार्यालय प्रमुखहरु सरुवामा परेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ती कर्मचारीहरु सरुवा गरेको हो ।
कार्यालयका अनुसार विभिन्न समूहमा रहेका ७५ जना कर्मचारीको सरुवा भएको छ ।
प्रदेश प्रशासन समूहका १३ जना, स्वास्थ्य समूहका २० जना, वन तर्फ ४ जना, कृषितर्फका २७ जनाको सरुवा भएको छ ।
इन्जिनियरिङ तर्फका १० जनाको सरुवा भएको छ । मन्त्रिपरिषद्बाट मापदण्ड पारित भएपछि सोही आधारमा सरुवाको काम गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
[pdf-embedder url=”https://www.onlinepana.com/wp-content/uploads/2025/11/17633103568542_Saruwa-List-2082-07-30.pdf” title=”17633103568542_Saruwa List 2082-07-30″]




















प्रतिक्रिया