Logo

समाचार

जेनजी र एमाले युवाबीचको झडपपछि सिमरा विमानस्थल बन्द



काठमाडौं । बाराको सिमरास्थित विमानस्थल आसपास जेनजी र नेकपा एमालेका युवाबीच झडप भएको छ । दुईपक्षबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ ।

अवस्था गम्भीर बन्दै गएको भन्दै स्थानीय प्रशासनले कर्फ्युसमेत जारी गरेको छ ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आइपुग्ने भएसँगै उनीहरुको स्वागतका लागि एमाले कार्यकर्ता विमानस्थल पुगेका थिए भने बस्नेत लगायतको बिरोधमा जेनजी युवा पुगेपछि दुईपक्षबीच झडपको अवस्था बनेको हो । विमानस्थल बन्द भएपछि पोखरेल र बस्नेतको उडानसमेत रोकिएको जनाइएको छ ।

बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन पोखरेल र बस्नेत सिमरा आउने कार्यक्रम थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १३:००   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।