ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्डलाई सुचारु गर्नुपर्ने माग गर्दै युवाहरूको ज्ञापन पत्र बुझ्दै मन्त्री घिसिङले ठेक्का लिएर समयमा नै आयोजना पुरा नगर्ने प्रवृत्तिलाई अन्त्य गर्न सडक क्षेत्रमा २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको बताएका हुन् ।
उनले लामो समयसम्म ठेक्का होल्ड गर्दा जनतालाई सास्तीका साथै देशलाई नै ठुलो हानी पुराउने काम भएको धारणा राखे । सडकका साथै भौतिक, शहरीबिकास र ऊर्जा सिचाई क्षेत्रका ठुलो आयोजनाका काम पनि अघि बढ्न नसके ठेक्का तोड्ने उनले बताए ।
घिसिङले राज्यले बजेट छुट्टाएर सुरु गर्न खोजेका आयोजनाको ठेक्का लिएर काम सुरु नगर्नु राष्ट्रकै लागि घात हुन जाने धारणा राखे । आफ्नो ठेक्का समयमा नै सम्पन्न गर्न उनले निर्माण व्यवसायीहरूलाई आग्रह गरे ।




















प्रतिक्रिया