Logo

खेलकुद

लुम्बिनीलाई चितवनले दियो १४३ रनको लक्ष्य



काठमाडौं । रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।

बोपाराले ५५ बल खेल्द ४ चौका र ३ छक्का मदतमा सर्वाधिक ६६ रन बनाए । बोपाराले यसअघि कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । यस्तै कप्तान कुशल मल्लले २१ रन जोडे ।

सैफ जैबले १५, देव खनालले १५ र दीपक बोहरा १० रन बनाएर आउट भए ।

बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । गुल्बदिन नइबले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १७:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।