Logo

प्रमुख समाचार

दुर्गा प्रसाईलाई सर्वोच्च अदालत उपस्थित गराइँदै



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालत उपस्थित गराइँदै छ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ हुने भएको हो ।

शुक्रबार २४ घण्टामा उपस्थित गराउन आदेश गरेको थियो ।

प्रहरीले गत मङ्सिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १३:२८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।