Logo

प्रमुख समाचार

जेन–जी आन्दोलनमा गैरकानूनी बल प्रयोग भएको ह्युमन राइट्स वाचको प्रतिवेदन



काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले गत सेप्टेम्बर ८ (भदौ २३ )मा नेपालमा भएको जेन–जी प्रदर्शनमा सुरक्षाकर्मीले गैरकानूनी बल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा प्रहरीले तीन घण्टाको अवधिमा प्रदर्शनकारीमाथि पटक–पटक अन्धाधुन्द गोली चलाएको पाइएको उल्लेख गरेको छ । राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ८ सेप्टेम्बरमा भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएको थियो ।

एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सेप्टेम्बर ८ मा भएको अत्यधिक बल प्रयोग र त्यसको भोलिपल्ट (सेप्टेम्बर ९) भएका आगजनी तथा सामूहिक आक्रमणका घटनाको निष्पक्ष छानबिनका लागि अनुरोध पनि गरेको छ ।

अनेकै भिडियो र प्रत्यक्षदर्शी कथनको विश्लेषणपछि सार्वजनिक सो प्रतिवेदनमा भनिएको छ-सुरक्षाकर्मीहरूले कानुनी रूपमा आवश्यकभन्दा धेरै बल प्रयोग गरेका छन्, केही घटनामा घाइते प्रदर्शनकारीहरूलाई समेत कुटपिट गरिएको देखिन्छ । धेरै क्षेत्रमा निहत्था युवामाथि नजिकबाट गोली हानिएको, मेडिकल टोलीलाई अवरोध गरिएको र घाइतेहरुलाई समयमै उपचार नदिनुले मृत्यु संख्या बढाएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १३:३५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।