Logo

प्रमुख समाचार

दुर्गा प्रसाईँ रिहा, छोराले लिए जिम्मा



विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा प्रसाईंलाई उनका छोराले बुझेर लगेका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार रिहा गर्न आदेश दिएपछि उनलाई छोरा निराजनले बुझेर लगेका हुन् ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेका प्रसाईं संगठित अराजकता फैलाएको आरोपमा गत सोमबार मध्यराति घरैबाट पक्राउ परेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए ।

भक्तपुरको मध्यपुरठिमीस्थित निवासबाट पक्राउ परेयता उनीमाथि मुद्दा चलाउन चार दिनको म्याद थपिएको थियो ।

त्यसपछि उनको समूहले देशव्यापी आन्दोलन घोषणा गरेको थियो । तर उक्त आन्दोलन शनिबार सरकारसँगको सहमतिपछि रोकिएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार २०:४७   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।