Logo

प्रमुख समाचार

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता



विदेशबाट नेपालमा रेमिट्यान्स पठाउन अझ सहज र विश्वासिलो सेवा उपलब्ध गराउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लि. ले यूएईस्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ।

यस सहकार्य मार्फत यूएईमा रहेका नेपालीहरूले नेपालमा आफ्ना रकम सजिलै र छिटो पठाउन सक्नेछन्।

सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन्।

अब यूएईमा रहेका नेपालीले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट रेमिट्यान्स पठाउन सक्नेछन् र नेपालमा बैंकका १६५ शाखा, ११ एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ सेवा र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत भुक्तानी लिन सक्नेछन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार ०७:१०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।