काठमाडौं । विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो ।
विराटनगरको लागि सुभम रञ्जनले ३७ बनाए । बासिर अहमदले ३६ रनको योग्दान दिए ।
ओपनर लोकेश बमले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । यस्तै, जर्ज मुन्से १०, मार्टिन गप्टील १३ रन बनाएर आउट भए ।
जनकपुरको लागि संगीत कोरे र रुपेश सिंहले समान दुई विकेट लिए । आदित्य महताले एक विकेट हात पारे।




















प्रतिक्रिया