Logo

प्रमुख समाचार

जेनजी समूहलाई सिंहदरबार प्रवेशमा कडाइ



काठमाडौं । सरकारले ‘जेनजी’ समूहलाई सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । मंसिर ९ गते सरकारविरुद्ध कालोपट्टी बाँधेर विरोध गर्न आएका जेनजी अभियानका संयोजक मिराज ढुंगाना नेतृत्वको समूहलाई पाँच जनाभन्दा बढी भेला भएको भन्दै प्रहरीले गेटमै रोकेकाे थियाे ।

यसअघि सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने क्रममा समूहभित्रै भनाभन भएपछि सुरक्षा सतर्कता बढाइएको थियो । प्रवेश अनुमति (पास) बिना कसैलाई पनि सिंहदरबारमा नछोडिएको गृह मन्त्रालयले स्पष्ट गरेको छ।

ढुंगानाले आफ्नो आवाज दबाउने प्रयास भएको भन्दै विरोधमा उत्रनुपरेको बताउँदै सरकार सुशासन र आर्थिक सुधारमा गम्भीर नभएको आरोप लगाए। सरकारले माग नसुने हो भने दोस्रो चरणको शान्तिपूर्ण आन्दोलन सुरु गर्ने चेतावनी उनले दिए।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १६:११   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।