Logo

प्रमुख समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति



प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो समुदायका अगुवाले आपत्ति जनाएका छन्। देशमा सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृतिको भएकाले निन्दनीय र पदको मर्यादाविपरीत भएको भन्दै आपत्ति जनाएका छन्।

‘मुलमानको प्रवृत्ति व्यवहार हेर्छौ। त्यो व्यवहार अन्यायपूर्ण देखिन्छ। जिउँदै लगेर महिलालाई गाँड्ने गरेको देखिन्छ। कतिपय देशमा महिलालाई पढ्न नदिने अहिले पनि छ’, एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘…मसुसलमानले सात वर्षको बच्चाको विवाह गर्ने अरु कुरालाई संर्कीण बनाउँदै बनाउँदै लगे।’

डा. अबुल हुसेन अन्सारीले सूचना सार्वजनिक गर्दै यस्तो गैर–जिम्मेवार अभिव्यक्तिप्रति समग्र मुस्लिम समुदायले गम्भीर खेद गरेका हुन्। उनले अमर्यादित गतिविधिविरुद्ध समुदायको संयुक्त रूपमा छलफल तथा भेला आयोजना गरिएको भन्दै उपस्थित हुन सम्पूर्ण मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गरेका छन्।

 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ०८:२०   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।