Logo

प्रमुख समाचार

यस्तो रहला आजको मौसम



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा दक्षिण पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जानकारी दिदै हाल देशभर आंशिक बदली रहेको जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

त्यस्तै आज राती कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ०८:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।