सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी तथा पहिरो प्रभावित समुदायलाई न्यानो कपडा प्रदान गरेको छ। मंसिर १५ गते आयोजना गरिएको दुई छुट्टाछुट्टै कार्यक्रममार्फत बैंकले सूर्योदय नगरपालिका र इलाम नगरपालिकाका प्रभावित परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो।
सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई तथा इलाम नगरपालिकाका मेयर केदार थापालाई बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडा बुझाएकी थिइन् ।
सूर्योदयका प्रभावितका लागि बैंकले ३५० थान नयाँ ज्याकेट र दाताहरूबाट संकलित ७ बोरा न्यानो कपडा प्रदान गरेको छ। त्यस्तै, इलाम नगरपालिकाका प्रभावितका लागि १७५ थान नयाँ ज्याकेट तथा ५ बोरा न्यानो कपडा हस्तान्तरण गरिएको छ।




















प्रतिक्रिया