Logo

प्रमुख समाचार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढीपहिरो प्रभावितलाई कपडा हस्तान्तरण



सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी तथा पहिरो प्रभावित समुदायलाई न्यानो कपडा प्रदान गरेको छ। मंसिर १५ गते आयोजना गरिएको दुई छुट्टाछुट्टै कार्यक्रममार्फत बैंकले सूर्योदय नगरपालिका र इलाम नगरपालिकाका प्रभावित परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो।

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई तथा इलाम नगरपालिकाका मेयर केदार थापालाई बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडा बुझाएकी थिइन् ।

सूर्योदयका प्रभावितका लागि बैंकले ३५० थान नयाँ ज्याकेट र दाताहरूबाट संकलित ७ बोरा न्यानो कपडा प्रदान गरेको छ। त्यस्तै, इलाम नगरपालिकाका प्रभावितका लागि १७५ थान नयाँ ज्याकेट तथा ५ बोरा न्यानो कपडा हस्तान्तरण गरिएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार ०८:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।