Logo

खेलकुद

विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य



काठमाडौं । बसिर अहमदको आक्रमक ब्याटिङमा विराटनगर किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको हो ।

विराटनगरका वान डाउनमा ब्याटिङ गरेका लोकेश बमले ४२ बल खेल्दै ३५ रन जोडे । यस्तै बसिर अहमदले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २८ रन योगदान गरे ।

साम हिजलेटले २० बलमा २७ रन बनाए । दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसी ९ बलमा १२ रन बनाएर आउट भए । प्रतिश जिसीले ११ रन जोडे ।

बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १-१ विकेट लिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १७:४३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।