Logo

प्रमुख समाचार

पशुपति मूल मन्दिरभित्रबाट फलामे बार हटाइयो



काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरभित्र राखिएका फलामका बार हटाइएको छ ।

पशुपतिनाथ मन्दिरलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

भक्तजनहरुको लाइन व्यवस्थित गर्न भन्दै करिब एक दशकअघिदेखि फलामका बार राखिएको थियो । फलामका बारले सम्पदालाई असर गर्ने भन्दै हटाइएको हो ।

सम्पदा संरक्षणकर्मीको पहलमा पुरातत्व विभागले फलामका बार र फलामबाट बनाइएको आकाशे पुलले विश्वसम्पदा क्षेत्रलाई असर गर्ने भन्दै हटाउन पशुपति क्षेत्र विकास कोषलाई पत्राचार गरेको थियो ।

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले फलामका बार हटाइसकिएको भन्दै त्यस ठाउँमा अब काठ वा डोरी राखिने बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार ०७:५८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।