Logo

प्रमुख समाचार

स्थानीयको अवरोधपछि रातारात धमाधम पिच, वडाध्यक्ष नै फिल्डमा



 

काठमाडौँ । बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको छ । चौतर्फी  विरोधपछि शुक्रबार रातिको समय सडक पिच  गर्न सुरु गरिएको छ ।

अहिले वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ आफैँ फिल्डमा खटिएकी छन् । वडाध्यक्षको निगरानीमा काम हुँदै छ ।

एक महिनाअघि काठमाडौँ महानगरपालिकाले सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका थिए ।

सडक धूलो मुक्त बनाउने भन्दै महानगरले काम सुरु गरेपनि खनेर अलपत्र छोड्दा सडक झन् धुल्लामे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले स्थानीयले सडक बन्द गरेका थिए।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार २२:५७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।