Logo

खेलकुद

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य



काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको हो ।

कर्णालीका लागि ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३३ रन बनाए ।

यस्तै गुल्सन झा ले २० बलमा १९ जोडे भने कप्तान सोमपालले १० बल खेल्दै १ चौका र १ छक्कान मद्दतमा १८ रन बनाए । प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन जोडे ।

बलिङमा जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले २-२ तथा संगीथ कुरे, अनिल शाह र माज सदाकतले समान १ विकेट लिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार १७:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।