काठमाडौं । नागरिक समाजका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीलाई एक चिठी हस्तान्तरण गरिएको छ । बुधबार (मंसिर २४) ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलाई चिठी हस्तान्तरण गरिएको हो ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुनकुमार भट्टराईले प्रधानमन्त्री कार्कीलाई चिठी हस्तान्तरण गरेका थिए । उक्त चिठी वाचन पनि गरिएको थियो ।
‘लोकतन्त्र र संविधानको रक्षा, मानव अधिकारको प्रत्याभूति, दन्डहीनताको अन्त्य, नागरिक स्वतन्त्रताको सुनिश्चितता, ‘जेनजी’ पुस्ताको सुशासन तथा भ्रष्टाचार अन्त्यका माग, साथै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न देशभरका नागरिक समाज संस्थाहरू, मानव अधिकार अभियन्ता, विकास साझेदार, सरोकारवाला समुदाय तथा सचेत नागरिकबाट प्राप्त सुझावका आधारमा’ चिठी तयार गरिएको जनाइएको छ ।




















प्रतिक्रिया