Logo

प्रमुख समाचार

सरकार र जेनजीबीच सम्झौता हस्ताक्षर, अब आन्दोलनकारीमाथि धरपकड नगरिने



सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन महिना लामो कसरतपछि सम्झौता पत्रमा हस्ताक्षर हुन लागेको छ ।

बुधबार बिहानैदेखि सम्झौतापत्रमा दुवै पक्षको सहमति जुटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी, प्रधानमन्त्रीको सचिवालयका सदस्य र जेन-जी नेताहरूबीच छलफल भएको थियो ।

काउन्सिल अफ जेन-जी कोशी प्रदेश संयोजक उपार्जुङ राईका अनुसार सम्झौताका सबै बुँदामा सहमति जुटेपछि हस्ताक्षर हुन लागेको हो।

‘हामीले राखेका शर्त र उहाँहरूका बुँदामा कुरा मिलेपछि सम्झौता हुन लागेको छ । केही बेरमा हस्ताक्षर गर्ने तयारी गरिरहेका छौँ’, राईले खबरहबलाई भने, ‘सरकार पक्षले आन्दोलनकारीमाथि प्रतिशोध नलिने कुरामा सहमति जनाउनुभएको छ। कतिपय कुराहरूमा संविधान संशोधन गर्न आयोग बन्ने छ ।’

उनले दलीय भागबण्डालाई निषेध गर्ने र भ्रष्टाचारको छानबिनबारेमा पनि दुई पक्षबीच सहमति जुटेको बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार १९:२८   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।