Logo

प्रमुख समाचार

हस्ताक्षर लगत्तै जेनजीहरुबीच प्रधानमन्त्री कार्यालयमै झगडा



काठमाडौं । सरकारसँग सम्झौता लगत्तै सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरुबीच झगडा सुरु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सम्वोधन गरेर हिँडेपछि जेनजी युवायुवतीहरु आपसमा झगडा गरेका हुन् ।

प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै च्याठ्ठिएकी थिइन् ।

अर्का युवाले केही सिमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए ।

अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भयो ।

केही युवाहरुले परिस्थितिलाई सम्हाल्ने प्रयास गरिरहेका छन् ।

 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार २०:५२   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।