Logo

अर्थ

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ३० गते बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि लाभांश प्रदान गर्ने निर्णेय गरेको हो ।

बैठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १०:३८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।