गुल्मीको रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने जनाएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको भन्दै नगरपालिकाले लकडाउनबारे बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
बिहीबार राति १२ बजेदेखि १३ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
यस अवधिमा अतिआवश्यक पर्ने एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, इन्धन, सरसफाइ, स्वास्थ्यसेवा तथा औषधि पसलहरू पूर्ण रूपमा सञ्चालन हुनेछ । नगरपालिका तथा वडा कार्यालयहरूले पनि अतिआवश्यक कामबाहेक अन्य नगर्ने निर्णय गरेको छ ।





















प्रतिक्रिया