Logo

अर्थ

पोखरा महानगरले सञ्चालन गरेको सटल बस सेवाको लागत कामना सेवाले व्यहोर्ने



काठमाडाैं । पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमसिंहचोक सम्म आवत जावत गर्ने हवाई यात्रुहरुलाई भरपर्दो विश्वसनिय र सुलभ रुपमा आवागमन सुविधा उपलब्ध गराउनका लागि निशुल्क सटल बस सेवा सञ्चालन गरेको छ ।

उक्त निःशुल्क सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएको छ । पोखरा महानगरपालिकाले महानगरको वडा नं. १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि अमरसिंह चोकसम्म दैनिक दुईवटा विद्युतिय बस सेवा दिने छन् ।

विहान ६ वजे देखी राती १० वजे सम्म सञ्चालन हुने उक्त वसहरुले यात्रुहरुलाई मुख्य सडकसम्म पुग्नको लागि लाभदायक सेवा प्रदान गर्नेछ । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखी मुख्य सडकसम्म पुग्न करिव २ किलोमिटरको यात्रा गर्नुपर्ने हुँदा यात्रुहरुलाई सास्ती हुदै आएको थियो ।

महानगरपालिकाले २०८३ आषाढ मसान्त सम्म सम्पुर्ण यात्रुहरुलाई निःशुल्क रुपमा उपलब्ध हुने गरि सञ्चालन गरेको उक्त वसहरुको सञ्चालन लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएका छन् ।

पोखरा महानगरपालिकाका तर्फवाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र कामना सेवा विकास बैंकका तर्फवाट पोखरा क्षेत्रका क्षेत्रिय प्रमुख शिव कुमार ढकालले उक्त लागत साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख ढकालले स्थानिय सरकारले आम सर्वसाधारणका लागि गर्ने यस्ता कार्यहरुमा बैंकले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा समेत महानगरपालिकासँग सहकार्य गर्ने बताए । महानगरपालिकाले सञ्चालन गर्ने निःशुल्क सटल वस सेवामा सहयोग गरेकोमा प्रशासकिय अधिकृत पोखरेलले धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार १६:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।