Logo

प्रमुख समाचार

भिसामा ‘रोजगार निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइए



काठमाडाैं । पर्यटक भिसामा युएई जानेको पासपोर्टमा ‘रोजगार निषेध’ भनेर सर्त तोक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।

प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने दुई अधिकृतलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाई छानबिन भइरहेको अध्यागमन विभागले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १५:०७   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।