काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाउने भएको छ । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहसँग भएको सहमति अनुसार भूपदेवलाई महामन्त्री बनाउन लागिएको एक नेताले जानकारी दिए ।
‘उहाँ (भूपदेव शाह)लाई महामन्त्रीको रुपमा बैठकमा प्रस्ताव पेश हुने कार्यसूची छ।’ ती नेताले भने ।
काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए ।
यसअघि भएको सहमतिअनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए । लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको स्रोतले बतायो ।
फागुन २१ को निर्वाचनमा अछाम–२ बाट उम्मेदवार उनी पराजित भएका थिए ।




















प्रतिक्रिया