Logo

राजनीति

व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्चको आदेश



काठमाडौं। सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुपर्ने कारण पेस गर्न आदेश दिएको छ।

उनका बाबु शंकरलाल अग्रवालले पेस गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको इजलासले यस्तो आदेश गरेको हो।

शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले गत २२ मा पक्राउ गरेको थियो। विभागले अनुसन्धानकै क्रममा सुलभका बाबुलाई पनि काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। तर, उनी हाजिरी जमानीमा रिहा भएका छन्।

इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा शुलभ पक्राउ परेका थिए। करोडौँको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार २०:११   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।