कर्णाली। कर्णाली प्रदेशसभाको सचिवमा डा अर्जुनकुमार खड्का नियुक्त भएका छन्।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मंगलबार डा खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गरेकी हुन्।
नवनियुक्त प्रदेशसभा सचिव खड्काले गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन्।
खड्का सिद्धिचरण नगरपालिका–९ ओखलढुंगाका स्थायी वासिन्दा हुन्।
संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ।
संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनले विसं २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा प्रदेशसभा बैठक सञ्चालनमा सहजीकरण गरेका थिए।




















प्रतिक्रिया