Logo

समाचार

नारायणगढ–मुग्लिन सडकमा पहिरो, सवारी आवागमन प्रभावित



काठमाडाैं । निरन्तर वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रुपमा अवरुद्द भएको छ ।

तुइन खोला र पानीधार क्षेत्रमा ढुङ्गासहित पहिरो खस्दा सडकमा सवारी आवागमन प्रभावित भएको छ र केही समयका लागि यात्रुहरूले कठिनाइ भोग्नुपरेको छ।

आज बिहान ५: ४५ बजेपछि खसेको पहिरोका कारण हाल यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सवारी सञ्चालन सीमित गरिएको हो।

सडक खुलाउने प्रयास जारी रहेको छ। डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरेर पहिरो हटाउन डोजर मगाइएको छ र काम तीव्र बनाइँदै गरेको प्रहरीले जनाएको छ ।

पहिरो खसेको स्थान मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार ११:०१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।