Logo

अर्थ

दीपक भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

दीपक भट्टको हकमा उनको श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै बन्दीलाई समेत उपस्थित गराउन आदेश गरेको हो ।

भट्ट चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार १४:२३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।