Logo

समाचार

बागमतीका मुख्यमन्त्रीको कार्यालय तथा घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँको काठमाडौंस्थित कार्यालय तथा हेटौँडास्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।

उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको हो ।

स्रोतका अनुसार, काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।

बानियाँ राजनीतिसँगै व्यावसायमा पनि सक्रिय छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार १५:१३   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।