काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ३४.६३ अंकले घटेर २,७०४ को विन्दुमा कायम भएको छ ।
आज २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब २६ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ३१ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले ७.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १२.५८ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया