Logo

राजनीति

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकका लागि २१ जनाको दर्खास्त ( सूचिसहित)



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महानिर्देशक नियुक्तिका लागि माग गरिएको आवेदनअनुसार २१ जनाले दरखास्त दिएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार गत २०८३ असोज १३ गते प्रकाशित सूचनाअनुसार २०८३ असोज २१ गते कार्यालय समयभित्र आवेदन दर्ता भएका आवेदकहरूको विवरण सार्वजनिक गरिएको हो।

मन्त्रालयलले महानिर्देशक नियुक्ति प्रक्रिया अन्तर्गत प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गर्दै सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको जनाएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार २१:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।