काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा रिक्त रहेको अध्यक्ष पदका लागि ४७ जनाको आवेदन परेको छ। सोमबार बेलुकीसम्म ४७ जनाले अध्यक्षका लागि आवेदन दिएका हुन्।
मन्त्रालयद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट संयोजकत्वको सिफारिस समिति सचिवालयमा सोमबारसम्म आवेदन दिने म्याद तोकिएको थियो। समितिले गत वैशाख १५ गते सातदिने समय दिएर आवेदन खुलाएको थियो।
विगतमा बोर्ड अध्यक्षमा नियुक्त हुने व्यक्ति राजनीतिक दलको भागबन्डाका आधारमा हुने गरे पनि यसपालि निष्पक्ष गर्ने तयारी सरकारको छ।
अध्यक्षमा बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्य, पूर्वकार्यकारी निर्देशक डा नवराज अधिकारीले आवेदन दिएका छन्।
यस्तै, पुँजीबजार बुझेका, राष्ट्र बैंकका पूर्वअधिकारी तथा मर्चेन्ट बैंक, वित्तीय संस्था र विभिन्न नियामक निकायमा काम गरेकाले आवेदन दिएको बुझिएको छ।
यद्यपि विभिन्न नियामक निकायमा काम गरेकाहरू राजनीतिक पार्टीकै आशीर्वादबाट नियुक्त हुन्। अर्थ मन्त्रालयले छिट्टै आकांक्षी उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।





















प्रतिक्रिया