काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ८.७८ अंकले बढेर २,७१२ को विन्दुमा कायम भएको छ ।
आज १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ४३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले ११.१६ प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोका लगानीकर्ताले ७.५६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै फरवार्ड मायक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया