Logo

समाचार

चिकित्सक संघको निर्वाचनमा रिजाल विजयी



काठमाडाैं । नेपाल चिकित्सक संघको नेतृत्वमा परिवर्तन आएको छ। हालै सम्पन्न ३०औं कार्यकारिणी निर्वाचनबाट डा. बद्री रिजाल अध्यक्षमा चयन भएका छन्, जसले प्रतिस्पर्धीहरूलाई पछि पार्दै बहुमतसहित नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।

निर्वाचन परिणामले डा. रिजालको बलियो उपस्थितिलाई पुष्टि गरेको छ। उनले ३१९६ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी डा। मंगल रावल (२९४० मत) लाई २५६ मतले उछिने।

अर्का उम्मेदवार डा.नारायणप्रसाद भुसालले ८६९ मतमा सीमित भए।

बरिष्ठ उपाध्यक्ष पदमा पनि स्पष्ट अन्तर देखियो। डा. सञ्जिव तिवारी ३०३६ मतसहित विजयी हुँदा डा.कीर्तिपाल सुवेदी (२३०२) र डा.अजयकुमार मिश्र (१४२१) पछि परे।

महासचिव पदमा डा. विश्वराज दवाडीले २७२२ मत ल्याएर विजय हासिल गरे । उनका प्रतिस्पर्धीहरू डा. कालुसिंह खत्री (२४२३) र डा. अमृत भुसाल (१६४६) थिए।

प्रदेशगत उपाध्यक्ष पदहरूमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित भएको छ।

कोशीदेखि सुदूर–पश्चिमसम्म क्रमशः डा. रोशन खड्का, डा. अमृत राजन मिश्र, डा. सुवास भट्टराई, डा. योगेशराज सिग्देल, डा. नन्दा गुरुङ, डा. रविन खड्का र डा. प्रमोद जोशी विजयी बनेका छन्।

अन्य पदहरूमा पनि नयाँ नेतृत्व चयन भएको छ। सचिवमा डा. हुलास अग्रवाल र कोषाध्यक्षमा डा. तेजुसिंह मल्ल निर्वाचित भएका छन्।

सदस्यतर्फ डा.अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा.विना श्रेष्ठ, डा. सुमित काफ्ले र डा. शेषराज घिमिरेले स्थान सुरक्षित गरेका छन्।

मतदान प्रक्रिया दुई चरणमा सम्पन्न भएको थियो । उपत्यकाबाहिर वैशाख ४–५ र काठमाडौं उपत्यकाभित्र वैशाख १७–१८ गते मतदान भएको थियो । कुल ७१०० मत खसेको यो निर्वाचनमा चिकित्सक समुदायको उल्लेखनीय सहभागिता देखिएको छ।

गण्डकी र कर्णालीका उपाध्यक्ष क्रमशः डा. यज्ञराज सिग्देल र डा. रविन खड्का टिम मंगलबाट विजयी भएका हुन्। त्यस्तै सदस्यतर्फ टिम मंगलका डा. अमित झा र डा. पल्पसा श्रेष्ठ तथा टिम रिफर्मका डा. शेषराज घिमिरेले सफलता हात पारेका छन्।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलवार १७:१९   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।