Logo

समाचार

नेपाल लाइफको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर रक्तदान कार्यक्रम



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा आरबी डायग्नोजिस्ट मार्फत प्रदान गरिएको थियो।

शिविरमा ईसीजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका निःशुल्क चेकजाँच तथा विज्ञ डाक्टरहरूबाट निःशुल्क परामर्श सुविधा प्रदान गरिएको थियो। २ दिने यस शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार ०९:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।