Logo

अर्थ

बैंकिङ प्रणालीबाट आज फेरि २० अर्ब झिक्दै राष्ट्र बैंक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज २० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ४४ दिनका लागि उठाउन लागेको हो ।

राष्ट्र बैंककाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन् । न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असार ५ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार ११:५०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।