Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब १९ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.६४ अंकले घटेर २,७११ को विन्दुमा कायम भएको छ ।

आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब १९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १६ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.७४ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै भगवती हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ८.९० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार १५:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।