Logo

शेयर बजार

सानिमा इक्विटी फन्ड २ को इकाइ बिक्री खुल्यो, प्रतिइकाइ मूल्य १० रुपैयाँ



काठमाडौं। सानिमा क्यापिटलले आजदेखि सानिमा इक्विटी फन्ड २ को इकाइ बिक्री खुलाएको छ। सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो।

प्रतिइकाइ १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्रीमा आएको छ। निष्कासन गरिने कुल इकाइमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री संख्याको न्यूनतम १३ प्रतिशत इकाइ कोष प्रवर्द्धक सानिमा बैंक र २० लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ।

बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। यसमा आवेदन दिंदा न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिन्छ। आवेदन दिने अन्तिम मिति वैशाख २९ र मागअनुसार नपरे जेठ ७ सम्म दिन सकिनेछ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार १०:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।